गाउँपालिका अध्यक्षका दाबेदार एमालेका नेताले छाडे पार्टी

नेपालभ्युज

गाउँपालिका अध्यक्षका दाबेदार एमालेका नेताले छाडे पार्टी

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।

एमालेको सिद्वान्त, विचार मन परेर २०५४ सालदेखि नै पार्टीमा लागेको जानकारी दिँदै उनले केही नेताहरुको कारण आफूले पार्टी छोडेको बताए। भने, “म पार्टीको नीति, सिद्वान्त मन परेर एमालेमा आबद्ध भएँ, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन।”

पार्टी विधि, विचार र सिद्वान्त अनुसार नचलेको उनको भनाइ थियो।

आफूलाई रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) को इञ्चार्ज बनाइए पनि नेतृत्वले मर्चवारको विषयमा आफूसँग कुनै छलफल नगरेको उनले गुनासो गरे। भने, “पार्टीको काममा निरन्तर लागिपरेको थिएँ, तर मविरुद्ध नै भ्रामक प्रचार गरियो।”

आफू आगामी स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिका अध्यक्षको उम्मेदवारको आकांक्षी भए पनि कुनै पनि छलफल नगराइएको बताए। छलफल नगरी एकलौटी ढंगले बढेको उनले बताए। भने, “गाउँपालिकाको नेतृत्वमा रहेर जनताको काम गर्न सक्छु भन्ने सोच हो, मेरो इच्छा सांसद बन्ने होइन, तर आकांक्षी हुँदाहुँदै छलफलसमेत गराइएन।”

अब आफू स्वतन्त्र बस्ने उनले बताए। केही नेताहरुका कारण अहिलेको अवस्थामा आफूलाई अत्यन्तै पीडाको महसुस भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved