‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई

नेपालभ्युज

‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई
फाइल फोटो

काठमाडौं। यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ। नेपाल जनप्रशासन सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यायलाई उक्त सम्मान प्रदान गर्ने जानकारी गराइएको हो। यो सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ।

उपाध्यायले राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदान गरेको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्ता उल्लेखनीय योगदान पुर्‍याउने काम गरेकाले कदरस्वरुप उक्त सम्मान प्रदान गर्ने निर्णय भएको संङ्घले जनाएको छ।

यो सम्मान छनोटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहेको छनोट समिति बनेको थियो। उक्त सम्मान पाउने उपाध्याय सत्रौँ व्यक्ति हुनुहुन्छ। यसको राशि नगद रु दुई लाख रहेको छ।

हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख डाइरेक्टर इञ्चार्ज, प्रमुख सल्लाहकार पदमा रहेर सेवा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved