मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको फाइनल आज, आर्मी र एपीएफ भिड्दै

नेपालभ्युज

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको फाइनल आज, आर्मी र एपीएफ भिड्दै

धनगढी। मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली आज खेल्दैछन्।

मङ्गलबार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अङ्कले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७–३२ अङ्कले पराजित गरेको हो।

उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved