इथियोपियाले साउदीबाट सात हजारभन्दा बढी नागरिक फर्कायो

पछिल्ला केही महीनायता त्यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा इथियोपियाले अभियान थालेको हो। विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो।

नेपालभ्युज

इथियोपियाले साउदीबाट सात हजारभन्दा बढी नागरिक फर्कायो

एजेन्सी। इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा सात हजारभन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ। इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ।

विदेश मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँको विदेश मन्त्रालयले पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन्।

मुफ्तीले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएका छन्।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र सात लाख ५० हजारभन्दा बढी इथियोपियाली नागरिक रहेका छन्। तीमध्ये करीब चार लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ।

अवैध रुपमा साउदी पसेकै कारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ। इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महीनादेखि शुरु गरेको थियो।

गत मार्च महीनामा त्यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो।

उक्त समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो। त्यसपछि त्यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ।

पछिल्ला केही महीनायता त्यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा इथियोपियाले अभियान थालेको हो। विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो।

इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए। तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ।

इथियोपियामा पनि द्वन्द्वका कारण संकट गहिरिएको छ। त्यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन्। त्यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ। यहाँ केही वर्ष यतादेखि द्वन्द्व जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved