जसपाबाट निर्वाचित मेयरसहितका जनप्रतिनिधि प्रवेश गराउन सर्लाही जाँदै ओली

ओली उपस्थित हुने कार्यक्रममा करीब पाँच हजार जना एमाले प्रवेश गर्नेगरी तयारी भएको एमाले सर्लाहीले जनाएको छ।

नेपालभ्युज

जसपाबाट निर्वाचित मेयरसहितका जनप्रतिनिधि प्रवेश गराउन सर्लाही जाँदै ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सर्लाही जाँदैछन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित मेयरसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गर्नका लागि त्यहाँ जान लागेका हुन्।

ओलीको उपस्थितिमा आज जसपाबाट निर्वाचित कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव एमाले प्रवेश गर्दैछन् । यादवसहित विभिन्न पार्टीबाट विजयी वडाध्यक्ष र प्रत्यासी उम्मेदवारहरूलाई पनि ओलीले एमालेमा स्वागत गनै लागेका हुन्।

ओली उपस्थित हुने कार्यक्रममा करीब पाँच हजार जना एमाले प्रवेश गर्नेगरी तयारी भएको एमाले सर्लाहीले जनाएको छ। सदरमुकाम मंलगवामा उक्त कार्यक्रम आयोजना हुने र अध्यक्ष ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved