बेंसीशहर नगरप्रमुखमा कांग्रेसकै ६ जनाको दाबी

प्रमुखमा ६ जनाको दाबेदारीसँगै उपप्रमुख पदमा पनि पाँच जनाको दाबेदारी परेको छ।

नेपालभ्युज

बेंसीशहर नगरप्रमुखमा कांग्रेसकै ६ जनाको दाबी

लमजुङ। लमजुङको बेंसीशहर नगरपालिका प्रमुखको लागि नेपाली कांग्रेसबाट ६ जनाले आकांक्षा देखाएका छन्। उम्मेदवार सिफारिस गर्न बोलाइएको कार्यकर्ता भेलामा ६ जनाले मेयरका लागि दाबी गरेका हुन्।

मेयरका लागि दाबी गर्नेहरुमा पार्टीका पूर्वजिल्ला पदाधिकारीहरुसहित क्षेत्रीय नेताहरु रहेका छन्। बेंसीशहरको मेयर बन्नका लागि कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल तथा लमजुङ उपसभापति श्रीकान्त घिमिरे र जिल्ला सचिव कृष्णबहादुर अधिकारीले दाबी गरेका छन्।

उनीहरुसँगै महाधिवेशन प्रतिनिधिहरु वृषराज गुरुङ र जीवनकुमार श्रेष्ठ तथा बेंसीशहर–११ की सुप्रिया जोशीले पनि नगर प्रमुखका लागि दाबी गरेका कांग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले जानकारी दिए।

प्रमुखमा ६ जनाको दाबेदारीसँगै उपप्रमुख पदमा पनि पाँच जनाको दाबेदारी परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved