१५ औं दरबारमार्ग महोत्सवको तयारी पूरा

नेपालभ्युज

१५ औं दरबारमार्ग महोत्सवको तयारी पूरा

काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा गरिने १५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम वैशाख ३ गत काठमाडौंको दरबारमार्गमा हुनेछ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नारासहित महोत्सव आयोजना हुन लागेको हो।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य छ।

सातै प्रदेशको स“स्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिबार बिहान ११ः४५ बजे हुनेछ। गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ।

चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरू हुन्।

महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।

विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्ध खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।

महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन्। महोत्सवको बैकिङ पाटर्नरमा एनआईसी एसिया बैंक, इन्स्योरेन्स पाटर्नरमा नेसनल लाइफ इन्स्योरेन्स, बेभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज आइसक्रिम र नेपाल डेरी रहेका छन्।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चा“डोभन्दा चा“डो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved