नयाँ वर्ष मनाउन स्वदेश फर्किएकालाई सीमामै गएर भेटे मन्त्रीले

नेपालभ्युज

नयाँ वर्ष मनाउन स्वदेश फर्किएकालाई सीमामै गएर भेटे मन्त्रीले

धनगढी। नयाँ वर्ष मनाउन स्वदेश फर्किएकालाई सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले सीमामै गएर भेटेका छन्।

बुधबार मन्त्री रावलले कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टा सीमा नाकामा पुगेर घर फर्किएका नेपालीलाई शुभकामना दिए।

यस्तै उनले नाकामा नेपालीले भोग्नुपरेका समस्या तथा गुनासासमेत सुनेका थिए। नाकामा नेपालीले ठगिने, लुटपाट र अमानवीय व्यवहार भोग्नुपरेका समस्या आउने गरेका भन्दै त्यस्ता समस्या आएको खण्डमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रह गरे।

मन्त्री रावलले आफ्नो कार्यकालमा सीमा क्षेत्रमा नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने बताएका थिए। उनले सीमा क्षेत्रलाई व्यवस्थित बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
नाकामा रहेको हेल्थ पोस्ट, होल्डिङ सेन्टरलगायत विभिन्न सुरक्षा निकायको अनुगमन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved