गभर्नर निलम्बन प्रकरणमा हाम्रो हात छैन : चौधरी ग्रुप

नेपालभ्युज

गभर्नर निलम्बन प्रकरणमा हाम्रो हात छैन : चौधरी ग्रुप

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरणलाई चौधरी ग्रुपसँग जोडेर अफवाह फैलाइएको भन्दै कम्पनीले यस प्रकरणमा आफ्नो हात नभएको स्पष्ट पारेको छ। सोमबार चौधरी ग्रुपले विज्ञप्ति निकाल्दै गभर्नर निलम्बन प्रकरणलाई चौधरी ग्रुपसँग जोडिएकोमा त्यो आरोप निराधार भएको बताएको हो।

‘‘अर्थमन्त्री र गभर्नर दुवै जनासँग हाम्रो सस्थागत सम्बन्ध छ र दुवै जनालाई हामी आ-आफ्नो ठाउँमा उत्तिकै सम्मान गर्दछौ,” कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘‘उहाँहरूप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै  त्यसैले यस प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ।”

विज्ञप्ति

नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका अनेक तर्कहरूमध्ये एउटा तर्क चौधरी ग्रुपसँग पनि जोडेर आएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ जुन बिल्कुलै निराधार छ। हामीलाई लाग्छ, यो समाचार पढेर स्वयं अर्थमन्त्री र गभर्नर पनि अचम्मित हुनु भएको होला किनभने जे तर्क गरिएको छ त्यसले गभर्नर निलम्बनको विषयसँग कुनै सरोकार राख्दैन। हामी मिडियाका साथीहरूसँग अनुरोध गछौँ। कसैले धमिलो पानीमा माछा मार्ने प्रयास स्वरूप तपाईंहरूलाई ‘मिस इन्फम’ गरिरहेको हुनसक्छ। यस बारेमा सचेत रहेर समाचार सम्प्रेषण गर्नुहोला। र, हाम्रो बारेमा समाचार सम्प्रेषण गर्दा हामीलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुहोला भन्ने आग्रह गर्दछौं।

हामी पारदर्शी रूपमा व्यवसाय गरिरहेका छौँ। र, हामी हाम्रा सरकारी सस्थाहरूप्रति सम्मान गर्दछौं। माननीय अर्थमन्त्रीज्यू र गभर्नरज्यू दुवैजनासँग हाम्रो सस्थागत सम्वन्ध छ। र, दुवैजनालाई हामी आ-आफ्नो ठाउँमा उत्तिकै सम्मान गर्दछौ। उहाँहरूप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै। त्यसैले यस प्रकरणमा हामीलाई अनावस्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved