पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओली बझाङमा

नेपालभ्युज

पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओली बझाङमा

धनगढी। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ पुगेका छन्। अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्न बझाङ पुगेका छन्।

बझाङको सदरमुकाम चैनपुरको नयाँ बसपार्कमा गरिएको विशाल जनसभामा बझाङका १२ ओटै स्थानीय तहबाट कार्याकर्ताको उल्लेखनीय सहभागिता छ।

१२ वटै पालिकाहरूबाट बाजागाजासहित टोल, वडा, पालिकाबाट जनताहरू कार्यक्रम स्थलतर्फ आइरहेका छन्। उक्त कार्यक्रममा नेकपा एमालेबाट निवार्चित भएर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका गाउँपालिकाका जनप्रतिनिधिसहित अन्य विभिन्न पार्टीमा रहेकाहरू प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले बताए।

बझाङको कार्यक्रम सम्बोधन गर्न अध्यक्ष ओलीसँगै पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत सुदूरपश्चिम प्रदेशका नेकपा (एमाले) प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत नेताहरूको समेत उपस्थिति छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved