जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारधालाई

महिला तथा पुरुषतर्फ प्रथम हुनेले नगद एक लाख २५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार पाएका छन्।

नेपालभ्युज

जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारधालाई

सुर्खेत। जुम्ला-रारा तेस्रो अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दुर्गबहादुर बुढा र महिलातर्फ जुम्लाकै शारधा भण्डारीले जितेका छन्।

म्याराथनको ४९ किलोमिटर दूरी पाँच घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ धावक बुढा प्रथम भएका हुन् भने महिलातर्फ भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा सो दूरी पार गरिन्।

पुरुषतर्फ दलबहादुर बुढा (पाँच घण्टा पाँच मिनेट ४८ सेकेण्ड) द्वितीय, बेदबहादुर शाही तृतीय र चन्द्र रावलसहित सातजनाले सान्त्वना स्थान हासिल गरेका आयोजक संस्था कर्णाली स्पोर्ट क्बलका अध्यक्ष सरोज शाहीले बताए।

महिलातर्फ द्वितीय गणना भण्डारी (६ घण्टा ५९ मिनेट), मन्जु रावत तृतीय र उमाकली बुढासहित सात जनाले सान्त्वना स्थान हासिल गरेको शाहीले जानकारी दिए।

कर्णालीको पर्यटन प्रर्बद्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा भारतका एकसहित नेपालका १० जिल्लाका ७७ धावकको सहभागिता थियो।

म्याराथनको उपाधि जित्नेलगायत टप १० भित्र पर्ने सबै खेलाडीलाई पर्यटकीय स्थल मुगुको रारा तालमा महिला तथा पुरुषतर्फ प्रथम हुनेले नगद एक लाख २५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी, द्वितीय हुनेले ६२ हजार ५००, तृतीय हुनेले ३७ हजार ५०० र सान्त्वना हुनेहरुले तीन हजार ५०० का दरले पुरस्कार पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved