नेपाली कांग्रेस बर्दिबासद्वारा गठबन्धन नगर्ने निर्णय

नेपालभ्युज

नेपाली कांग्रेस बर्दिबासद्वारा गठबन्धन नगर्ने निर्णय

जनकपुरधाम । नेपाली कांग्रेस बर्दिबास नगर समितिले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। पदीय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने भन्दै जिल्ला समितिले गठबन्धन नगर्ने निर्णय गरेको हो।

कांग्रेसले स्थानीय तहमा आवश्यक्ता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने निर्णय गरेको थियो। त्यस निर्णयबारे छलफल गरेर कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस वर्दिबास नगर सभापति युवराज पोखरेलले जानकारी दिए।

यस निर्णयबारे जानकारी दिनका लागि केन्द्रीय कार्यालय सानेपासहित जिल्ला, क्षेत्रीय र प्रदेशसभा क्षेत्र नम्बर १ (क) कार्यालयमा समेत पत्र पठाइएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved