संयुक्त राष्ट्रसंघ भन्छ- ६० लाख सोमालियाली खाद्य संकटमा छन्

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन्।

नेपालभ्युज

संयुक्त राष्ट्रसंघ भन्छ- ६० लाख सोमालियाली खाद्य संकटमा छन्

एजेन्सी। संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ।

खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल पनि गरेको छ। त्यहाँ केही समयदेखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य संकट परेको जनाइएको छ।

समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। अहिले भने यही अप्रिलदेखि जुलाई महीनासम्ममा कम्तीमा पनि ६० लाख मानिस खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताको अभावमा पर्ने समस्या देखिएको बताएको छ।

जसका कारण त्यहाँका ६० लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ। सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन्।

यो वर्ष नै अप्रिलदेखि जुलाईसम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो। त्यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ आन्तरिक द्वन्द्वका कारण पनि मानिसहरुले खान पाएका छैनन्।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजकले त्यहाँका कम्तीमा पनि ६० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको यसअघि नै बताएका थिए।

सोमालियाको सरकारले संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी त्यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो। सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved