गभर्नर अधिकारी निलम्बित

नेपालभ्युज

गभर्नर अधिकारी निलम्बित

काठमाडौं। सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। तर उक्त सूचना सरकारले लुकाएको थियो।

सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचना चुहाएको आरोपमा मन्त्रिपरिषद्ले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले अधिकारी निलम्बनमा परेपछि ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। समितिलाई सरकारले एक महीनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved