आज मध्य रातदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगको घोषणा

नेपालभ्युज

आज मध्य रातदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगको घोषणा

काठमाडौं। निर्वाचन आयोगले आजबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरूको सुझाव तथा परामर्शको आधारमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू गर्ने निर्णय गरिएको जानकारी दिए।

शुक्रबार अपरान्ह आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्न/गराउन वा झुटा साइट, एकाउन्ट संचालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन तथा प्रशारण गर्न निषेध गरिएको स्पष्ट पारे।

उनले भने, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबै राजनीतिक दल र सरोकारवालाहरूको सुझाव तथा परामर्शमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजदेखि लागू हुनेगरी आयोगबाट निर्णय भएको छ। आचारसंहितामा गलत, भ्रामक सूचना सामाजिक सञ्जालबाट प्रयोग नगर्न पनि सचेत गराइएको छ। निर्वाचन आचारसंहितको प्रतिकूल प्रभावपार्ने खालका कुनै पनि सामग्री उत्पादन र प्रकाशन तथा प्रशारण गर्न पनि निषेध गरिएको छ।’

आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्याशाला वा गोष्ठी नगर्न पनि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरूलाई सचेत गराएको छ।

त्यस अवधिमा मादक पदार्थ बिक्री वितरणमा समेत पूर्ण रूपमा निषेध गरिएको पनि आयोगका प्रवक्ता पौडेलले बताए। उनले भने, “मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया र माध्यामबाट मत माग्न वा निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यामबाट पोष्ट वा सेयर गर्न नहुने साथै स्थानीय तह निर्वाचन निर्देशिकाले व्यवस्था गरे बमोजिम यस अवधिमा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved