सुदूरपश्चिम सरकारबाट सामूहिक राजीनामा दिँदै समाजवादी

कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी गरेसँगै एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट भएका छन्।

नेपालभ्युज

सुदूरपश्चिम सरकारबाट सामूहिक राजीनामा दिँदै समाजवादी

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी बाहिरिने भएको छ। नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी भएसँगै समाजवादी पार्टी भने सरकारबाट बाहिरिने तयारी गरेको हो।

समाजवादीका तर्फबाट मन्त्री भएकाहरूले सामूहिक राजीनामा दिने तयारी गरेका हुन्। समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष गरिमा शाहका अनुसार सरकारबाट बाहिरिने वा नबाहिरिने विषयमा छलफल भइरहेको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी गरेसँगै समाजवादीका नेताहरू असन्तुष्ट भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved