व्यवस्था संस्थागत गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट

जिल्ला तथा प्रदेशका समाचारलाई राष्ट्रिय मिडियाले कम प्राथमिकता दिने गरेको भन्दै मुख्यमन्त्री भट्टले फिल्ड रिपोर्टिङमा ध्यान दिनुपर्ने र दूरदराजका समाचारले परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

व्यवस्था संस्थागत गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ व्यवस्था संस्थागत गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको बताए। शुक्रबार धनगढीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गर्नुपर्ने धारण राखे।

जिल्ला तथा प्रदेशका समाचारलाई राष्ट्रिय मिडियाले कम प्राथमिकता दिने गरेको भन्दै मुख्यमन्त्री भट्टले फिल्ड रिपोर्टिङमा ध्यान दिनुपर्ने र दूरदराजका समाचारले परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

भट्टले सकारात्मक कुराले परिवर्तन ल्याउन सक्ने भएकाले समाचारको विषयमा ध्यान दिनुपर्ने बताए। उनले ब्रेकिङ्ग समाचारको नाममा सही कुराभन्दा नराम्रो कुरा अगाडि आउने गरेको बताए।

सरकारको गरेको कामहरूलाई पनि प्राथमिकता दिनुपर्ने मुख्यमन्त्री भट्टले बताए। उनले समाजका विकृति बढेको र यस्ता समस्या उजागर गर्नुपर्ने जरुरी रहेको बताए।

यस्तै, माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले सुदूरपश्चिम प्रदेशमा केन्द्रको निर्णयअनुसार गठबन्धन अगाडि बढेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved