बन्न थाले राजनीतिक दलहरूका निर्वाचन प्रचार सामग्री (तस्वीरहरू)

नेपालभ्युज

बन्न थाले राजनीतिक दलहरूका निर्वाचन प्रचार सामग्री (तस्वीरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि दलहरू बढी सक्रिय हुन् थालेका छन्। विशेषगरी ठूला राजनीतिक दलहरूले ठूलै कार्यक्रम गरिरहेका छन्।

यतिबेला दलहरू आफूहरूले गरेका काम र गर्न सक्ने कामबारे मतदातासँग नजिकिन थालेका छन्। साथै उनीहरू पार्टीको चुनावी एजेण्डा तथा प्रचारप्रसार लिएर टोलटोलमा जान थालेका छन्। पार्टीलाई चुनावमा जिताउन चाहिने सामग्री जोहो गर्न दलहरू लागिपरेका छन्।

यसरी राजनीतिक दल तथा तिनका कार्यकर्ताहरूले चुनावी सामग्री बनाउन थालेपछि यस क्षेत्रमा जोडिएका पेशाकर्मीले धमाधम काम पाउन थालेका छन्। दलहरूका लागि उनीहरूले चुनाव चिह्नसहितको झण्डा, ब्यानर, पम्प्लेटजस्ता प्रिन्टिङका कामहरू पाउन थालेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved