कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरुम

नेपालभ्युज

कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरुम

काठमाडौं। डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाइबरनेट सोरुमको उद्घाटन गरिएको छ। सोरुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ।

सोरुम उद्घाटन डिशहोमका तर्फबाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ईलेक्ट्रोनिक्ले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दिपक ईलेक्ट्रोनिकले अब अझ बढी ग्राहकहरूमाझ पुग्नको लागि पनि नयाँ सोरुमले मद्दत गर्ने दिपक ईलेक्ट्रोनिकका सञ्चालक दिपक भट्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved