सुनसरी बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक

नेपालभ्युज

सुनसरी बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक
सांकेतिक तस्वीर

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेर केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी–२ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन्। बीस वर्षीय रवीन थापा, झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुरका ४३ वर्षीय खगेन्द्र खरेल र शेरजङ गुरुङ रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

यही चैत १४ गते इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा उनीहरूको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक थापाले बताए। समाजमा आतंक फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved