एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा तीन ओटा रिट

नेपालभ्युज

एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा तीन ओटा रिट

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर भएको छ।

वरीष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै आज डीआईजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन्। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ। त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ। आइतबारका लागि पेसी तोकिएको छ। डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved