सत्ता लुछाचुँडीले सुदूरपश्चिम प्रदेशसभा बिजनेसविहीन

सरकार समावेश नगराएको भन्दै गठबन्धन दलहरूसँग असन्तुष्ट कांग्रेसले नेकपा (एमाले) सँग सत्ता समीकरणको अभ्यास गरेको छ। प्रदेशमा नेपाली कांग्रेसले सत्तामा पुग्न नयाँ रणनीति अपनाउन थालेको छ।

सत्ता लुछाचुँडीले सुदूरपश्चिम प्रदेशसभा बिजनेसविहीन

धनगढी । सुदूरपश्चिम प्रदेश सभा काम (बिजनेस) विहीन बनेको छ।

सुदूरपश्चिम प्रदेश सभाको नवौं अधिवेशन शुरु भएको दुई दिनमै बिजनेस नभएपछि सभा नै स्थगित भएको छ।

सरकार र विषयगत समितिहरू उदासीन हुँदा प्रदेश सभा अधिवेशन बिजनेसविहीन बन्न थालेको हो। विगतमा पनि प्रदेश सभामा बिजनेस नहुँदा चार-पाँच दिनसम्म सभा सञ्चालन भएका थिएनन्। प्रदेश सभा सञ्चालन भएको चार वर्ष बढी भइसक्दा पनि पहिलो पटक सभा सञ्चालन भई दोस्रो बैठक पूर्ण हुँदै गर्दा सभामुख थापाले बिजनेश दिन रुलिङ गरे।

सभामुखले रुलिङ गर्दै भने, “म माननीय सदस्यहरूको ध्यानाकर्षण गर्न चाहन्छु। अहिले हामीसँग बिजनेस छैन। सम्बन्धित विषयगत समितिसँग हामीसँग भएका विधेयकहरूको पेस गर्न भनि व्यक्तिगत रुपमा आग्रह गरेको छु।”

सरकारसँग उनले समयमै विधेयक दर्ता गरिदिन पनि भनेको बताए।

सभामुख थापाले सरकारबाट धेरै बिजनेस तयार भएको जानकारी पाएको भए पनि एक दिन पर सार्नुपरेको सदनमा जानकारी गराएका थिए। “संसदलाई ध्यानाकर्षण गराउन चाहन्छु। संसद समिति होस वा सरकारले बिजनेस दिनुपर्छ।”

उनले समिति र सरकारबीच समन्वयको आधारमा सभा सञ्चालन हुनुपर्ने बताएका थिए। एक अधिवेशन अन्त्य भएको ६ महीनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ६ महीना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र शुरु भएको थियो।

प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता दर्ता भएका छैनन्। यता विषयगत प्रदेश सभाका सांसदहरू भने प्रदेश सरकारमा सत्ता लुछाचुँडीमा व्यस्त छन्। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र समाजवादीको सरकार छ।

केन्द्रमा गठबन्धन भए अनुसार प्रदेशमा पनि नेपाली कांग्रेसले सरकारमा समावेश हुन पाउनुपर्ने भन्दै विभिन्न कसरत गरिराखेको छ।

सरकार समावेश नगराएको भन्दै गठबन्धन दलहरूसँग असन्तुष्ट कांग्रेसले नेकपा (एमाले) सँग सत्ता समीकरणको अभ्यास गरेको छ। प्रदेशमा नेपाली कांग्रेसले सत्तामा पुग्न नयाँ रणनीति अपनाउन थालेको छ।

कांग्रेस सत्ता गठबन्धन तोडेर नयाँ समीकरणमा अगाडि बढेको छ। बुधबार मात्रै धनगढीमा दुई प्रतिपक्षी दल नेपाली कांग्रेस र एमाले बैठक सम्पन्न भएको थियो। बैठकमा कांग्रेस र एमालेका प्रदेश संसदबीच सरकारका विपक्षमा एकमत हुने टुंगोमा पुगेका छन्।

केन्द्रमा कांग्रेस, माओवदी केन्द्र र समाजवादी दलबीच गठबन्धन भए पनि सुदूरपश्चिम सरकारमा भने कांग्रेस सरकार बाहिर प्रमुख प्रतिपक्षी दल बनेर बसेको छ। कांग्रेस शुरुआतदेखि नै सुदूपश्चिम प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी रहँदै आएको छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा समाजबादीका १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमालेका १०, जसपा १ र लोसपा १ प्रदेश संसदलहरुले प्रतिनिधित्व गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशमा ६ राजनीतिक दलहरुको प्रतिनिधत्व रहँदै आएको छ। अहिले समाजवादी र माओवादी दलको संयुक्त सरकार छ। सरकारको नेतृत्व माओवादीले गर्दै आएको छ। केन्द्रमा गठबन्ध भए पनि सुदूरपश्चिममा आफ्नो सहभागिता नभएको भन्दै कांग्रेस रुष्ट छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved