क्लबको घर बनाउने विषयमा झडप, सांसदको टाउको फुट्यो

नेपालभ्युज

क्लबको घर बनाउने विषयमा झडप, सांसदको टाउको फुट्यो

सर्लाही। सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ।

शनिबार इश्वरपुर नगरपालिका-६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो। झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुङ्गामुडा भएको थियो। सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर-१, का सांसद घाइते भएका हुन्।

उनको बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो। बयलबासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगत्तै झडप भएको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको हो। उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो।

सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लबको भवन बनाउन खोजेका थिए। क्लब घर सँगैका छिमेकीलगायत अर्का पक्षले यही अवसरमा क्लबको घर निर्माणमा अवरोध गर्दै, हटाउन दबाब दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved