लागुऔषधसहित एक पक्राउ

नेपालभ्युज

लागुऔषधसहित एक पक्राउ

वीरगञ्ज। बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिकाे २ सङ्ग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना ७ ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो।

पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved