यी वडाअध्यक्ष जसले विद्यालयलाई दिए ५ वर्षको आम्दानी

नेपालभ्युज

यी वडाअध्यक्ष जसले विद्यालयलाई दिए ५ वर्षको आम्दानी

धनगढी। बझाङको जयपृथ्वी नगरपालिका १० का अध्यक्ष दलबहादुर बिष्टले ५ वर्षसम्म राज्यबाट पाएको सेवा सुविधाबापतको रकम विद्यालयलाई सहयोग गरेका छन्।

बिष्टले हालसम्म सरकारबाट सेवा सुविधाबापत पाएको १५ लाख रुपैयाँ एक स्थानीय विद्यालयलाई प्रदान गरेका हुन्।

‘कृष्ण पुष्पा फाउन्डेशन’मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रममा भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण गरे।

उनी २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए। बिष्ट निमार्ण व्यवसायी पनि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved