आज राति टर्कीविरुद्ध खेल्दै पोर्चुगल, हारे कतार विश्वकप यात्राबाट बाहिरिने

नेपालभ्युज

आज राति टर्कीविरुद्ध खेल्दै पोर्चुगल, हारे कतार विश्वकप यात्राबाट बाहिरिने
फाइल तस्वीर

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको राष्ट्र पोर्चुगलले आज राति विश्वकप छनोटअन्तर्गत प्लेअफको सेमिफाइनलमा टर्कीविरुद्ध खेल्दै छ।

राति नेपाली समयअनुसार साढे १ बजे पोर्चुगलले आफ्नै मैदानमा खेल्नेछ। तर आज राति उसले हार बेहोरे कतार विश्वकप २०२२ को यात्राबाट बाहिरिने छ। जित निकाल्न सके पनि उसले पुनः अर्को खेल खेल्नुपर्ने हुन्छ।

फिफा विश्वकप छनोटको समूह चरणको ‘ए’ मा रहेको पोर्चुगलले ८ खेलबाट १७ अंक बनाएको छ। समान खेल खेलेको सर्बियाले यस समूहबाट २० अंक बनाएर विश्वकप यात्रा तय गरिसकेको छ।

आज राति हुने खेलको विजेताले प्लेअफमा स्थान बनाउनेछ। आजै राति अर्को सेमिफाइनलमा इटाली र नर्थ म्यासेडोनिया भिड्दै छन्। युरो कपको उपाधि जितेको इटालीले दुवै खेल जिते मात्र विश्वकपमा प्रतिस्पर्धा गर्नेछ।

पोर्चुगल र इटालीमध्ये एक टोलीले मात्र विश्वकप खेल्न पाउनेछन्।

आज राति हुने खेल पोर्चुगलका लागि निकै कठीन छ। टर्कीविरुद्ध पोर्चुगललाई चोट र प्रतिबन्धले निकै अफ्ठ्यारो अवस्थामा छ। शुरुआती रोजाइका अधिकांश खेलाडी घाइते छन्। त्यसमाथि अन्य केही स्टार खेलाडी प्रतिबन्धमा परेका छन्।

युरोपकै उत्कृष्ट डिफेन्डरको उपाधि जितेका रुबेन डियास घाइते छन् भने म्यानचेस्टर सिटीबाट नै उच्च प्रदर्शन गरिरहेका फुलब्याक जोआओ क्यान्सेलो प्रतिबन्धमा छन्। युवा मिडफिल्डर रेनाटो सान्चेसले पनि प्रतिबन्धका कारण खेल गुमाउने भएका छन्।

तर कप्तान रोनाल्डोसँगै जोओ फेलिक्स, डिओगो जोटा र बर्नार्डो सिल्भा टिममा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved