कांग्रेसमा गुट-उपगुट अन्त्य हुनुपर्छ: महत

नेपालभ्युज

कांग्रेसमा गुट-उपगुट अन्त्य हुनुपर्छ: महत

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा गुट/उपगुट अन्त्य गरी एकता गर्न जरुरी रहेको बताएका छन्।पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको बताए।

“कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट-उपगुट अन्त्य हुनेमा विश्वस्त छु”, उनले भने। उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांगे्रसमय हुने दाबी गरे। उनले भने, “स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ।”

उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए।

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिम मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरूमा रहेको उल्लेख गरे। “कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्र्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ”, उनले भने।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ/नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरूको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved