मोरङको लेटाङ घटना- अनिश्चितकालीन कर्फ्यु आदेश

स्थानीयले शिक्षकलाई आफूहरूले मोसो दलेर बजार परिक्रमा गराउन पाउनुपर्ने र त्यसपछि मात्र शिक्षकलाई प्रहरीको जिम्मा लगाउने बताएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

नेपालभ्युज

मोरङको लेटाङ घटना- अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौं। प्रहरी र स्थानीयबबीच झडप भएपछि मोरङको लेटाङ नगरपालिका ५ मा कर्फ्यु लगाइएको छ। लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो।

एक शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती करणकीको प्रयास गरेको आरोपपछि प्रहरी पक्राउको लागि गएको थियो। तर स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए। हिजो साँझ स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो।

स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

लेटाङका वडा नम्बर–३ र ४ को पश्चिम क्षेत्र गंगेचोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाका सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
हिजोको झडपमा अन्य १७ प्रहरीसहित २० जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ। सबैको अवस्था सामान्य छ। मोरङका एसपी जनार्दन जीसी पनि घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved