सडक दुर्घटनामा दुई न्यायाधीश घाइते, हेलिकोप्टमार्फत काठमाडौं लगियो

नेपालभ्युज

सडक दुर्घटनामा दुई न्यायाधीश घाइते, हेलिकोप्टमार्फत काठमाडौं लगियो

जनकपुरधाम। सडक दुर्घटनामा दुई न्यायधीश घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा भएको दुर्घटनामा भएको हो।

घाइते हुनेमा सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया रहेका धुनषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा२झ ३९२५ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गेको ना१ज ६५०७ नम्बरको विंगर आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते दुवै न्यायाधीशलाई उपचारका लागि हेलिकप्टर चार्टड गरी काठमाडौंको मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved