सहमतिमै जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ: महरा

नेपालभ्युज

सहमतिमै जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ: महरा
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन्।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो बताए।

यसैगरी उनले माओवादीलाई जनताको पार्टी बनाउन गाउँ फर्किने अभियान सञ्चालन गरेको बताए। उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ। नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved