एमसीसी पास गरेकामा प्रचण्ड-माधवले प्रशंसा गरेपछि देउवाले भने, ‘गठबन्धन चुनावसम्मै जान्छ’

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्न नेतृत्वदायी भूमिका निभाएको र सफल भएको भन्दै देउवाको प्रशंसा गरेका हुन्।

नेपालभ्युज

एमसीसी पास गरेकामा प्रचण्ड-माधवले प्रशंसा गरेपछि देउवाले भने, ‘गठबन्धन चुनावसम्मै जान्छ’
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुरु देउवाले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्मै कायम रहेने बताएका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा देउवाले चुनावसम्मै सहकार्य हुने बताएका हुन्।

सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको प्रशंसासमेत भएको छ।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्न नेतृत्वदायी भूमिका निभाएको र सफल भएको भन्दै देउवाको प्रशंसा गरेका हुन्।

प्रचण्ड र नेपालले देउवाको प्रशंसा गरेसँगै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले पनि देउवाले एमसीसीको पक्षमा माहोल बनाएको भन्दै धन्यवाद दिएका थिए।

बैठकमा आफ्नो प्रशंसा भएसँगै प्रधानमन्त्री देउवाले थप वैदेशिक सहयोग ल्याउने प्रतिबद्धता जनाए। उनले अमेरिकाबाटै थप आर्थिक सहयोग आउने पनि बताए।

खनाल र श्रेष्ठको फरक मत
गठबन्धन बैठकमा सहभागी केही नेताले भने एमसीसीको विरोध गरेका छन्। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले एमसीसीको विरोध गरेका हुन्।

एमसीसीले राष्ट्रिय स्वाधिनतामाथि प्रहार गर्ने भन्दै खनाल र श्रेष्ठले एमसीसी पास गर्नु गठबन्धनले गलत गरेको बताए। एमसीसीसँगै पास गरिएको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको खनाल र श्रेष्ठको मत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved