विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना सङ्क्रमण

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १४ लाख २० हजार सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो।

नेपालभ्युज

विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाडौं। विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४४ करोड नाघेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १४ लाख २० हजार सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो।

अहिलेसम्म ३७ करोड २६ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ८१ हजारभन्दा धेरै सङ्क्रमण मुक्त भएका हुन्।

यस्तै २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५९ लाख ९० हजारभन्दा धेरै भएको छ। अझै पनि ६ करोड १४ लाख सक्रिय सङ्क्रमित रहेकामा ७६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved