निफ १७ चैतदेखि, ३८ दे‍शका ८९ चलचित्रले सहभागिता जनाउने

नेपालभ्युज

निफ १७ चैतदेखि, ३८ दे‍शका ८९ चलचित्रले सहभागिता जनाउने

काठमाडौं। पाँचौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि हुने भएको छ।  यसअघि १०-१४ चैतमा भर्चुअल महोत्सव गर्ने तयारी गरिएकोमा कोरोनाको जोखिम कम हुनुका साथै राज्यले सबै गतिविधि खुला गरेकाले भौतिक रूपमा १७-२१ चैतसम्म महोत्व गर्ने नेपाल नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव गर्ने जानकारी गराएको हो।

महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिष्पर्धा हुनेछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री
तथा एनिमेटेड चलचित्रहरूको ७ ओटा विधाको प्रतिष्पर्धामा १४ ओटा पुरस्कार वितरण गरिनेछ । यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

गतबर्ष चौँथो निफ कोरोनाका कारण अन्तिम सयमा आएर भर्चुअल गरिएको थियो। यस वर्ष पनि भर्चुअल गर्ने तयारी आयोजकले गरेकोमा कोरोनाको जोखिम घटेकाले भर्चुअल आयोजना गर्न लागिएको हो। महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved