एमसीसी पास गराउन विपक्षीबाट समस्या छैनः हृदयेश त्रिपाठी (भिडिओ)

नेपालभ्युज

एमसीसी पास गराउन विपक्षीबाट समस्या छैनः हृदयेश त्रिपाठी (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। एमसीसी पास गराउन समस्या विपक्षीबाट नभएको सांसद हृदयेश त्रिपाठीले बताएाक छन्।

प्रतिनिधि सभामा आज एमसीसीबारे छलफलमा सांसद त्रिपाठीले समस्या गठबन्धनमा भएको र कसका पालामा के –के सम्झौता होस् भन्ने विषयमा स्वेतपत्र पारित गर्नुपर्ने बताए।

उनले भने, “यो अनुदान हो। विकास परियोजना हो। यसप्रकारका ५० औं सहयोग हामीले यस्तै टेम्प्लेटमा लिइसकेका छौं । हाम्रो पनि इच्छा त १ अर्ब अमेरिकालाई, २ अर्ब भारतलाई, ३ अर्ब चीनलाई पनि दिऊ भन्ने होला। तर यो त निबन्ध छ। स्वाधिनताको जुन कुरा साथीहरुले गर्नुभयो, त्यो त निबन्ध हो। लाखौं मानिस खाडीमा छन्, कहाँ छ स्वाधीनता?”

उनले थपे, “मुल कुरा हामीले छिमेकीविरुद्धको स्वार्थमा प्रयोग नहुने प्रतिबद्धता पटक पटक जनाइसकेका छौं, कतिपटक तमसुक गर्ने। नेपाल एक स्वतन्त्र मुलुक हो, हामीले अनुदान लिन सक्छ। सार्वभौम देश हो। यसलाई लिएर बबाल खडा गरिएको छ, यो आफैं शोभनीय होइन। अहिले नेपालको विश्वसनियता धरापमा परेको छ। जसले अनुदान दियो, त्यसलाई साम्राज्यवाद भनिरहेका छौं।” दिनेलाई हामीले गाली गरिहेका छौं। हामी आफू गर्न सक्दैनौं। दिनेले किन हामीसँग शर्त राख्यो त ? हामीले मेलम्ची देखेनौं, कतिवटा प्रधानमन्त्री फेरिनुभयो, बन्यो त?”

एमसीसी पारित गराउनुपर्ने बताएका उनले त्यसपछि अनुदान पनि अरूले दिने विश्वास दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved