एमसीसी राष्ट्रघाती छ भनेर जनतालाई भड्काउनेहरुले माफी माग्नुपर्छ: डा. बाबुराम भट्टराई (भिडिओ)

एमसीसी पास गरेर अघि बढ्नपर्ने नभए त्यो गल्ती थियो भनेर गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘‘कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ।”

नेपालभ्युज

एमसीसी राष्ट्रघाती छ भनेर जनतालाई भड्काउनेहरुले माफी माग्नुपर्छ: डा. बाबुराम भट्टराई (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सामान्य परियोजना भएको बताएका छन्।

एमसीसी सम्झौता प्रस्तावसम्बन्धी प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी अन्य विकास सहायता जस्तै भएको तर नेताहरूले गिजोलेर बिगारेको बताए। उनले भने, ‘‘हामीलाई विकासका लागि आर्थिक सहायता चाहिन्छ, एमसीसी पनि त्यस्तै सहायता परियोजना हो। यसलाई हाम्रै नेताहरुले गिजोलेर बिगारेका हुन्। एमसीसी राष्ट्रघाती छ भनेर जनतालाई भड्काउनेहरुले माफी माग्नुपर्छ ।”

स्व. सुशील कोइरालाबाहेकका अन्य आठजना प्रधानमन्त्रीहरूले कुनै न कुनै रूपमा स्वीकार गरेर अघि बढेकोमा अहिले विरोध गर्नुको अर्थ नहुने उनले बताए। एमसीसी पास गरेर अघि बढ्नपर्ने नभए त्यो गल्ती थियो भनेर गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘‘कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ।”

एउटा सामान्य परियोजनालाई बाँदरले घाउ गिजोले जसरी गिजोलेर ठूलो बनाइएको उनको भनाइ थियो। सत्ता साझेदार दलहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी पास गर्ने निर्णय गरेकाले त्यो पातलो लंगौटी लगाएर लाज छोपेर जनतासामु जाने उपाय खोजिएको उनको भनाइ थियो। तल तलसम्मा विषाक्त वातावरण बनाए पनि अहिले सच्चिएर अघि बढ्ने उपाय खोजेकाले त्यसको स्वागत गर्ने उनको भनाइ थियो।

एमसीसीमा तमसुकमा जस्तो घोच्ने भाषा भए पनि यो सम्झौता पूर्वाधारका लागि आवश्यक भएको र ठीक भएको दाबी उनले गरे। अन्तर्राष्ट्रिय सन्धी सम्झौताअनुसारअनुसार टेम्पेट कानूनी भाषामा एमसीसीको सम्झौता पनि आधारित हुने भएकाले एमसीसीमा आपत्तिजनक केही नभएको दाबी उनले गरे।

तर, सबै अन्तर्राष्ट्रिय सहमति सन्धी सम्झौतामा, तयसको भाषा अन्तर्राष्ट्रिय टेम्पेट कानुनी भाषामा आधारित हुन्छ । त्यसलाई मत्थर गर्न पाएको भए हुन्थयों भन्ने मलाई पनि लागेको छ। तर, आधारभूत रुपमा हेर्दा त्यसमा आपत्तिजनक केही छैन। मैले पटक पटक पढेको छु। मैले धेरै विज्ञहरूसँग बुझेको छु।

‘‘आफैँ अगाडि बढाउने र अहिले उफ्रिएर हुन्छ ?,” उनले भने, ‘‘सबै अन्तर्राष्ट्रिय सहमति सन्धी सम्झौतामा, त्यसको भाषा अन्तर्राष्ट्रिय टेम्पेट कानुनी भाषामा आधारित हुन्छ। त्यसलाई मत्थर गर्न पाएको भए हुन्थ्यो भन्ने मलाई पनि लागेको छ। तर, आधारभूत रुपमा हेर्दा त्यसमा आपत्तिजनक केही छैन। मैले पटक पटक पढेको छु। मैले धेरै विज्ञहरूसँग बुझेको छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved