संसद्मा मेटमणि चौधरीको प्रश्नः एमसीसी पारित गरेपछि हामी असंलग्न राष्ट्र रहन्छौँ? (भिडिओ)

“एमसीसीका लागि २३ ओटा सूचकमा उत्तिर्ण हुनुपर्ने प्रावधान छ । तर, अनुत्तिर्ण हुँदाहुँदै पनि नेपालमा यो ल्याइयो,” चौधरीले भने, “नेपालका नेताहरूको घरदैलोमा ल्याएर यसलाई लाद्न खोजियो। यो घोर आपत्तिको विषय हो।”

नेपालभ्युज

संसद्मा मेटमणि चौधरीको प्रश्नः एमसीसी पारित गरेपछि हामी असंलग्न राष्ट्र रहन्छौँ? (भिडिओ)

काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले अमेरिकी सहयोग परियोजना इन्डो प्यासेफिक रणनीतिको हिस्सा भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीबारे आफ्नो धारणा राख्दै चौधरीले एमसीसी आईपीएसको हिस्सा भएको छर्लङ्ग भएको बताए। भने, “अमेरिकाले आफ्नो सैनिक रणनीति र आर्थिक स्वार्थ प्राप्तिका लागि इन्डो प्यासिफिक भूभागलाई प्रयोग गर्न इन्डो प्यासिफिक रणनीति (आईपीएस)अघि सारेको घामझैं छर्लङ्ग छ।”

एमसीसी आईपीएसकै हिस्सा हो भनेर अमेरिकी अधिकारीहरूले नै बताइरहेका चौधरीले बताए। उनले कुनै शक्ति राष्ट्रका लागि हाम्रो भूमि प्रयोग गर्न दिन नसक्ने बताए।

“हो, सहयोग चाहिन्छ । अमेरिकी सैन्य रणनीतिसँग जोडिने कुरामा हामी कहिल्यै सहमत हुन सक्दैनौँ,” चौधरीले भने, “हामी असंलग्न राष्ट्र हौँ। के एमसीसी पारित गरेपछि हामी असंलग्न राष्ट्र हुनसक्छौँ?”

चौधरीले सिक्किमलाई पनि यसरी नै राष्ट्रिय नेताहरु मिलेर भारतमा विलय गराएका उल्लेख गरे।

“एमसीसीका लागि २३ ओटा सूचकमा उत्तिर्ण हुनुपर्ने प्रावधान छ । तर, अनुत्तिर्ण हुँदाहुँदै पनि नेपालमा यो ल्याइयो,” चौधरीले भने, “नेपालका नेताहरूको घरदैलोमा ल्याएर यसलाई लाद्न खोजियो। यो घोर आपत्तिको विषय हो।”

चौधरीले एमसीसी अनुमोदनको विषय नै नभएको बताए। भने, “नेपालको संसद्बाट यसलाई पारित गर्ने हो भने यो नेपालको संविधानको विपरीत पनि हुन जान्छ । गैरसंवैधानिक कार्य कसैले पनि नगरौँ। संविधानको धज्जी उडाउने काम नगरौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved