सुरक्षा र स्वाधीनताका हिसाबले एमसीसी राष्ट्रघाती: सिटौला

नेपालभ्युज

सुरक्षा र स्वाधीनताका हिसाबले एमसीसी राष्ट्रघाती: सिटौला

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)की नेतृ लिलादेवी सिटौला सुरक्षा र स्वाधिनताका हिसाबले एमसीसी राष्ट्रघाती राष्ट्रघाती भएको बताएकी छन्।  प्रतिनिधिसभा बैठकमा एमसीसीबारे शुरु भएको छलफलमा उनले सम्झौतामा एमसीसी नेपालको राष्ट्रिय कानूनभन्दा माथि हुने बूँदा भएको दाबी गर्दै उनले उक्त सहयोग मान्य नहुने बताइन्।

उनले भनिन्, ‘‘हाम्रो देश अनुदानले चलेको देश हो, हामी सबैसँग सहयोग लिन्छौं । तर सहयोगका नाममा लम्पसार पर्दैनौं, हामी नेपाली हौं। लम्पसार पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ।”

नेपाल असंलग्न राष्ट्र भएकोमा एमसीसी असंलग्न नीतिअन्तर्गत नभएकाले उक्त सहयोग लिन नहुने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved