युक्रेनमा पनि लागू भएको थियो एमसीसी

नेपालभ्युज

युक्रेनमा पनि लागू भएको थियो एमसीसी

रुसले यतिबेला युक्रेनमाथि युद्ध छेडेको छ। अहिले युक्रेनका शहरहरूमा रुसी सेनाले आक्रमण गर्दा कैयौं युक्रेनीको ज्यान गइसकेको छ।

यस्तोमा युक्रेनसम्बन्धी एक समाचार छ,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा युक्रेन सन् २००६ मा सहभागी भएको थियो।

एमसीसी प्रक्रियामा सहभागी भए पनि त्यहाँको शासन व्यवस्थालाई कारण देखाउँदै युक्रेन छनोट भएको थिएन। युक्रेनलाई यसमा सहभागी हुन सहयोग पुगोस् भनेर एमसीसीले यस प्रक्रियामा छनोट हुन आवश्यक रहेका विषयसूची नै प्रदान गरेको थियो। एमसीसीमा सहभागी हुन केके आधार पार गर्नुपर्छ भन्ने सूची प्रदान गर्दै एमसीसीले युक्रेनलाई एमसीसी छनोट प्रक्रिया पार गर्न सहयोग नै गरेको थियो।

एमसीसीले युक्रेनलाई एमसीसी सम्झौतामा छनोट हुन आवश्यक दुई प्रावधान उपलब्ध गराएको थियो जसमा भ्रष्टाचार न्यूनीकरण र कानूनी व्यवस्था रहेका थिए। युक्रेन छनोट कार्यक्रममा पाँच परियोजना समावेश गरिएको थियो जसमा सार्वजनिक हिसाबमा हुने भ्रष्टाचार न्यूनीकरणलगायत बहुआयामिक विषय समावेश गरिएको थियो।

युक्रेन छनोट कार्यक्रम कार्यान्वयन

युक्रेन एमसीसी कार्यक्रममा छनोट भई डिसेम्बर २००६ मा सम्झौता गरिएको थियो भने डिसेम्बर २००९ सम्म त्यहाँ लागू गरिएको कार्यक्रम समाप्त भएको थियो।

कार्यक्रम व्यवस्थापकका हिसाबमा अमेरिकी सहयोग नियोग यूएसआईडीले कार्यक्रम कार्यान्वयको पाटो सम्हालेको थियो। कार्यक्रम कार्यान्वयका लािग १५ युक्रेनी सरकारी निकाय सहभागी थिए भने त्यहाँको संसद् र नागरिक समाज पनि कार्यक्रम कार्यान्वयका क्रममा सहभागी भएका थिए।

कार्यक्रमको कार्यकारिणी परिषद्मा युक्रेनका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गर‍ी ३० प्रतिनिधि सहभागी थिए। यस्तो परिषद्लाई प्रधानमन्त्री एवं राष्ट्रपतिका प्रतिनिधिले नेतृत्व प्रदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved