ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी

नेपालभ्युज

ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी
फाइल फोटो

काठमाडौं। विश्वकप छनोट चरणबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि ओमानसँग भएको खेलमा ९ विकेटको जित निकालेको छ।

टस जितेर ब्याटिङ गरेको ओमानले नेपाललाई जम्मा ८८ रनको झिनो लक्ष्य दिएको थियो। त्यस क्रममा उसले २० ओभरमा ९ विकेट गुमाएको थियो। नेपालका कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए भने आरिफ शेखले २७ बलमा २१ रन जोडे‍। नेपालका आशिफ शेख भने १८ बलमा १३ रन बनाएर आउट भएका थिए।

नेपालले २२ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो। आयरल्याण्ड र यूएईले भने आगामी टी-ट्वान्टी विश्वकप स्थान बनाइसकेका छन् भने यो जितसँगै नेपाल समूह चरणमा तेस्रो भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved