कर्णालीका १० ओटै जिल्लामा स्थानीय निर्वाचन तयारी तीव्र

नेपालभ्युज

कर्णालीका १० ओटै जिल्लामा स्थानीय निर्वाचन तयारी तीव्र

सुर्खेत। कर्णाली प्रदेशका १० वटै जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्ष्य गरेर सरकारले तयारी थालेको छ। भौगोलिक विकटता रहेको कर्णालीमा सुरक्षा र स्रोत साधन अभाव हुन नदिन तयारी तीव्र पारिएको हो।

प्रादेशिक निर्वाचन कार्यालय सुर्खेतका अनुसार भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा विगतमा निर्वाचनका लागि सुरक्षा र स्रोत साधनको अभाव हुन नदिन अहिलेबाट नै तयारी थालिएको जानकारी दिएको छ।

यस पटक सहज रुपमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको त्यसका लागि अहिलेदेखि नै तयारी थालिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए। “विगतका निर्वाचनमा कर्णाली प्रदेशमा मतपत्र लुट्ने, मतदानमा अवरोध हुनेलगायत समस्या देखिँदै आएका थिए,” उननले भने, “अहिलेदेखि हामीले सुरक्षा र अन्य साधन अभाव हुन नदिन तयारी तीव्र पारेका छौं।”

कर्णाली प्रदेशमा २०७४ सालको स्थानीय तहका चुनावमा नौ सय ४६ मतदान केन्द्र रहेको अहिले कर्णालीका दशै कर्णाली प्रदेशमा १ सय ३८ मतदानस्थल थप भएको प्रादेशिक निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा हुने जाखिमको पहिचान गर्न उच्च संवेदनशील, संवेदनशील र सामान्य गरेर मतदान केन्द्र विभाजन गरिएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख चालिसेले बताए। “वैशाखामा हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रबाट सम्बन्धित ठाउँमा मतपेटिका पुर्‍याउने र मतपरिणाम सुनाउने बेलासम्म सुरक्षा योजना बनाइएको भएको छ,” उनले भने, “कर्णालीका सबै हिमाली जिल्लामा भौगोलिक हिसाबले कठिनाइ भएका कारणले त्यहाँको पनि विशेष सुरक्षा योजना तथा चुनावी सामग्री पुर्‍याउन अहिलेदेखि नै तयारी भइरहेको छ।”

सुरक्षा रणनीति बनाइँदै

कर्णालीमा प्रहरीले चुनावी लक्ष्य गरेर सुरक्षा रणनीति बनाउन थालेको छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा निर्वाचन बिथोलिएको थियो भने दैलेखको चामुण्डास्थित एक मतदान केन्द्रमा मतपत्र लुटिएको थियो।

विगतमा निर्वाचनबाट पाठ सिकेर सुरक्षा निकायले त्यही आधारमा सुरक्षा रणनीति तयार पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षाको रणनीति तयार पारिएको अबका दिनमा अप्रिय घटना नहोस् भनेर त्यही आधारमा सुरक्षा रणनीति बनाएको अबका दिनमा त्यस्ता घटना हुनै नदिने प्रहरीले जनाएको छ। दुर्गम क्षेत्रमा सुरक्षित मतदानको व्यवस्था गर्न अहिलेदेखि नै तयारी काम थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए।

“कर्णाली भूगोल ठूलो भए पनि मतदाता संख्या निकै कम छ,” उनले भने, “त्यसै आधारमा सुरक्षा रणनीति तयार गरे काम गरिरहेको छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved