भन्सार विभागको तथ्यांक भन्छ- निर्यात ८८ प्रतिशतले बढ्यो

मोबाइल सेटको आयातबाट नेपाल सरकारले चार अर्ब ४९ करोड ११ लाख ९४ हजार राजश्व संकलन गरेको छ।

नेपालभ्युज

भन्सार विभागको तथ्यांक भन्छ- निर्यात ८८ प्रतिशतले बढ्यो

काठमाडौं। चालु आर्थिक वर्ष ०७८/७९ का सात महीनामा (साउनदेखि माघसम्म) नेपालबाट मालवस्तुको निर्यातमा  वृद्धि भएको छ।

नेपालबाट विभिन्न देशमा भएका मालवस्तु निर्यातमा ८८ दशमलव ३० प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाकारी दिएको छ।

तथ्यांकअनुसार सात महीनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत आर्थिक वर्षको समीक्षा अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो।

चालु आर्थिक वर्षको पहिलो सात महीनामा आयातमा पनि ह्वात्तै वृद्धि भएको छ। जसका काराण यो अवधिमा अत्यधिक व्यापार घाटा देखिएको छ। यो अवधिमा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढी मूल्य को मालवस्तु आयात भएको छ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको समिक्षा अवधिमाआठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो।

तथ्यांकअनुसार समीक्षा अवधिमा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबर छ। गत आवको सोही अवधिमा नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो।

२८ अर्ब बढीको मोबाइल आयात
चालु आर्थिक वर्ष ०७८/७९ को समिक्षा अवधिमा विभिन्न देशबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल सेट आयात भएको छ। तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको हो।

मोबाइल सेटको आयातबाट नेपाल सरकारले चार अर्ब ४९ करोड ११ लाख ९४ हजार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्ष ०७७/७८ मा भने नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट मोबाइल सेट आयात गरेको थियो।

अघिल्लो आर्थिक वर्ष ०७६/७७ को सोही अवधिमा महीनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved