भ्यालेन्सियालाई उसकै मैदानमा हराउँदै शीर्ष चारमा उक्लियो बार्सिलोना

नेपालभ्युज

भ्यालेन्सियालाई उसकै मैदानमा हराउँदै शीर्ष चारमा उक्लियो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै मैदानमा हराएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना ४-१ गोलअन्तरले विजयी भएको हो।

पहिलो हाफमै ३-० को अग्रता बनाएको बार्सिलोनाका लागि सब्सिच्युड खेलाडी पेड्रीले ६३ मिनेटमा अन्तिम गोल गरे। त्यसअघि अयुबा मियाङले २३ र ३८ मिनेटमा दुई गोल गरे भने फ्रांकी डि योङले ३२ मिनेटमा गोल गरे।

यसै सिजन इंग्लिस क्लब आर्सनलबाट आएका मयाङको बार्सिलोनामा यो तेस्रो खेल हो।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ४२ अंक जोडेको छ। जुन शीर्ष स्थानको रियम मड्रिडभन्दा १५ अंकले कम हो। बार्सिलोना शीर्ष चारमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved