एमसीसी संसद्मा टेबुल गर्ने गठबन्धनको निर्णय

नेपालभ्युज

एमसीसी संसद्मा टेबुल गर्ने गठबन्धनको निर्णय

काठमाडौं। सत्ता गठबन्धनको बैठकले संसद्मा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने निर्णय गरेको छ।

आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ। बैठकपछि छलफलबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसद्मा टेबुल गर्ने निर्णय भएको जानकारी दिए।

सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिमा दलहरूबीच सहमति जुटे सम्झौतालाई संसद्मा टेबुल गर्ने बताएपछि गठबन्धनका बैठकले यसबारे छलफल गरेको थियो। यसअघि पनि पटक-पटक साझा धारणाका लागि छलफल भए पनि बैठक निष्कर्षविहीन बनेका थिए।

गठबन्धनभित्र एमसीसी संसद्मा टेबुल गर्ने सहमति जुटेसँगै संसद्मा टेबुल समेत हुन नसकेर विवादित बनेको यो परियोजना अघि बढाउन सत्तारुढ गठबन्धनमा सहमति बनेसँगै एमसीसीको एउटा गुत्थी सुल्झिएको छ।

सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित हुनुपर्ने पक्षमा छन् भने नेकपा माओवादी र एकीकृत समाजवादी एमालेलाई पनि सहमतिमा ल्याएर टेबुल गर्नपर्ने अडानमा थिए। एमसीसी टेबुल गर्ने साझा सहमति भए पनि यसलाई पारित गर्ने विषयमा भने मतैक्य छ। गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीले स्पष्ट धारणा बनाएको छैन। जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्न चाहन्छन् भने अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छैनन्।

बैठक लगत्तै संसदमा कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी भइरहेको गठबन्धनका एक नेताले बताए।

‘‘आजको संसदको कार्यसूचिमा एमसीसी पर्नेछ,’’ ती नेताले बताए, ‘‘कम्तीमा अब यस मुद्दामा संसदले छलफल गरेर एउटा टुङ्गोमा पुराउनेछ।’’ गठबन्धन दलको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका माधव नेपाल, जसपाका उपेन्द्र यादव र दुर्गा पौडेल सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved