आफूसँगै छोरीलाई विष खुवाएको आरोपमा महिला पक्राउ, छोरीको मृत्यु

नेपालभ्युज

आफूसँगै छोरीलाई विष खुवाएको आरोपमा महिला पक्राउ, छोरीको मृत्यु

सुर्खेत। आफूसँगै छोरीलाई विष खुवाएर मारेको आरोपमा दैलेखमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुर टोल घर भई हाल दैलेखको गुराँस गाउँपालिका–१ स्थित माइतीघरमा बस्दै आएकी २१ वर्षीया हरिकला रावल (सार्की) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफूसहित छोरीलाई पनि विष खुवाएकी प्रहरीको आरोप छ।

गत २७ माघको बिहान १० बजे घरको ढोका बन्द गरी तरकारीमा प्रयोग गर्ने विषादी आफूले सेवन गरी हरिकलाले छोरीलाई समेत जर्बजस्ती विष खुवाएकी जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

हरिकलाले छोरीलाई विष खुवाउँदा ३ वर्षीया छोरी मुना रावलको ४ फागुनमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। विष सेवनपछि छोरीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन लगिए

हरिकलाविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा कतर्व्य ज्यान मुद्दामा जाहेरी परेको र दैलेख जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई अनुसन्धान थालेको दैलेखका प्रहरी प्रमुख साहले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved