आनन्द होटल सञ्चालनमा तत्काल रोक नलगाउन उच्च अदालतको आदेश

नेपालभ्युज

आनन्द होटल सञ्चालनमा तत्काल रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं। बतास समूहले पशुपतिमा सञ्चालन गरेको आनन्द होटल प्रालिको अतिथि गृह सञ्चालनमा तत्काल रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।

न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अन्तरिम आदेशको टुंगो नलाग्दा सम्म ३० बैशाख २०७६ को करार सम्झौताबमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु नगराउनु भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको हो।

पर्यटन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा बनेको समितिले अतिथी गृह सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि होटल आनन्द प्रालिले मन्त्री आले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष लगायत विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

होटल आनन्द प्रालिले अदालत समक्ष अन्तरिम आदेश माग गरेको थियो। अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदशे जारी हुने वा नहुने विषयमा निकासा दिन उपयुक्त देखिएकोले ९ फागुनमा अन्तरिम आदेशबारे छलफल गर्ने आदेशमा उल्लेख छ।

आनन्द प्रालिको तर्फबाट बहस गरेका अधिवक्ता लीलामणि पौडेलकाअनुसार पर्यटन मन्त्री प्रेम बहादुर आले र समितिले सम्झौता विपरित अतिथी गृह हटाउन खोजेको भन्दै मुद्दा दायर भएको थियो। उनले भने, “यसमा होटल आनन्द लगानी परेको छ। सम्झौता भएको छ। त्यसमा मन्त्रीको आदेशमा समिति बनाएर रोक्न खोजेकोले त्यो अहिले तत्कालका लागि नरोक्नु, त्यसलाई निरन्तर रोक्न पर्ने वा नपर्ने भन्ने विषयमा ९ गते टुंगो लाग्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved