प्रचण्डले भने- सभामुखले एमसीसी अघि बढाउनुपर्छ, नत्र राजीनामा गर्नुपर्छ

‘‘सभामुख अग्नि सापकोटाजीले अब यसलाई रोकेर राख्न सक्नुहुन्न। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन भन्नुभयो भने उहाँले संसद्मा छलफल गराउनुपर्छ।’’

नेपालभ्युज

प्रचण्डले भने- सभामुखले एमसीसी अघि बढाउनुपर्छ, नत्र राजीनामा गर्नुपर्छ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत गर्ने बताएका छन्। यदि उनले प्रस्तुत गर्न नचाहने हो भने सभामुखबाट राजीनामा गर्नुपर्ने पनि उनले बताए।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले शनिबार राति भने, ‘‘सभामुख अग्नि सापकोटाजीले अब यसलाई रोकेर राख्न सक्नुहुन्न। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन भन्नुभयो भने उहाँले संसद्मा छलफल गराउनुपर्छ।’’

प्रधानमन्त्रीले अघि बढाउन चाहेको कुरा सभामुखले रोक्न नमिल्ने उनले बताए। ‘‘सभामुखजीले एकपटक सर्वदलीय बैठक राखेर आफ्ना धारणा राख्न खोज्नुभएको छ। अब उहाँले रोक्नुहुन्न ’’ प्रधानमन्त्रीले अघि बढाउन चाहेको कुरा सभामुखले रोक्न नमिल्ने बताउँदै प्रचण्डले भने, ‘‘यदि उहाँले एमसीसी अघि बढाउँदिनँ भन्ने हो भने राजीनामा गर्नुपर्छ। उहाँले त्यसो गर्नुहोला जस्तो मलाई लाग्दैन, उहाँले अघि बढाउनहुन्छ।’’

प्रचण्डले अहिले पनि आफू गठबन्धन जोगाउन क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री देउवा पनि त्यही प्रयासमा लागिरहेको बताए। उनले एमसीसीमा राष्ट्रिय सहमति नभई प्रक्रियामा अघि बढेमा भने आफूहरूले विपक्षमा मतदान गर्ने हुनाले गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आउने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved