छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

नेपालभ्युज

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल। रूपन्देहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका ९ स्थित सडकमा शुक्रबार राति लु ३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ कोटिहवाका २४ वर्षीय सुशान्त बस्याल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै गएराति करीब १२ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा स्कार्पियोले मोटर साइकलललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नम्बरको स्कार्पियोले विपरिततर्फ दिशाबाट आउँदै गरेको लु २४ प २७५७ नम्बरको मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धीखर्क नगरपालिका १ का ३० वर्षिय वासु आचार्यको मृत्यु भएको प्रवक्ता खाँणले बताए। ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारको क्रममा राति नै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved