हिउँले थुनिएको त्रिभुवन राजपथ तीन दिनपछि खुल्यो

हिउँले थुनिएको  त्रिभुवन राजपथ तीन दिनपछि खुल्यो

मकवानपुर। हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ।

थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेढ फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो।

जेसीबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। सडक सञ्चालन भएसँगै काठमाडौंबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन: सञ्चालनमा आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved