हुम्लामा हवाई उडान अवरुद्ध

नेपालभ्युज

हुम्लामा हवाई उडान अवरुद्ध

सिमकोट। गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ।

यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ। मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन शुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए। विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved