झापामा नवनिर्मित ‘बिओपी’को उद्घाटन

नेपालभ्युज

झापामा नवनिर्मित ‘बिओपी’को उद्घाटन

झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ। सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले स मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले विपद्का बेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए। उनले मुलुकको भूमी एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भएर काम गर्ने बताए।
कार्यक्रममा नं १ बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरीले सीमा सुरक्षाको जिम्मेवारीसहित राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए।

भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो। भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामा पाएको थियो।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमा कुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved